परिस्थिति अनुकूल भएपछि कोरोना बाट आफूलाई कसरी बचाउने?

0

आज हाम्रो देश नेपाल कोरोना को कारण बन्द भएको ७० दिन पूर्ण भएको छ।यस अवधि सम्म २२०० जाना कोरोना बाट संक्रमित भइसकेका छन्,४ जनाको मृत्यु भइसकेको छ र  यो संख्या अजै बढ्दै गइरहेको छ। यो अवधि अजै कति  दिन टिक्छ भनेर कसैले पनि अनुमान लगाउन सकिन्न। हामीले गर्न सक्ने भनेको आ – आफ्नो घरमा बसेर आफूलाई र आफ्नो छरछिमेक लाई सुरक्षित पार्ने मात्र हो। ढिलो चाँडो यो कोरोना को रोकथाम अवश्य हुनेछ। सदैब  लकडाउन गरेर मात्र पनि सम्भव छैन। तशर्त कोरोना पूर्ण रूपमा अन्त्य भएर या नभईकन लकडाउन खुलिसके पछि हामीले यी निम्न कुराहरूमा ध्यान दिनुपर्ने हुन्छ।

कोरोना बाट आफूलाई र आफ्नो नजिक को मानिसलाई बचाउन यी कुराहरू राम्ररी पालना गरे सायद नेपालमा कोरोना को महामारी फर्केर आउने छैन:

१. हाम्रो पुर्खाहरूले सधैं भन्ने गर्नुहुन्थ्यो की बाहिर बाट आएपछि सधैं आफ्नो हात,खुट्टा र मुख राम्ररी साबुन पानीले धोएर मात्र घरभित्र छिर्न पर्दछ। साबुन पानीले मिचीमिची अंग धोएपछि कीटाणु हरु तेही क्षण मर्ने गर्दछन। त्यसर्थ सधैं घर भित्र छिर्दा,खाना खानु अघि,खाना खाइसकेपछि र चर्पी गएर आएपछि हात,खुट्टा,र मुख धुने बानी बसालौ ।

corona-wash hands

२. कोरोना जस्ता कीटाणु हावा को माध्यम बाट सजिलै थुक को सहयोग के हजुरहरुको शरीर भित्र छिर्न सक्दछ। त्यसर्थ,घर बाट बाहिर निस्किँदा मास्क लगाएर हिड्ने बानी बसालौं। मास्क सहित तपाईंले आँखामा चस्मा पनि लगाउन सक्नुहुन्छ र ऐले बजार मा पूरा मुख ढाक्ने प्लास्टिक को कबज पनि आइसकेको छ। तर एउटै मास्क को प्रयोग धेरै दिन सम्म नधोई कन गर्न चाई हुँदैन।त्यसो गर्नाले मास्क मा रहेको कीटाणु फेरि हाम्रो शरीरमा नै आएर प्रवेश गर्दछ। मास्क लाई डेटोल पानीमा धोएर पूर्ण रुपमा सुकाएर मात्र फेरि प्रयोग गर्नुहोला।

३.एउटा मानिसमा रहेको कीटाणु सजिलै अर्को मानिसमा सर्न सक्दछ। त्यसर्थ नयाँ मानिस भेट्दा वा आफ्नो साथीभाइ भेट्दा खेरी हात मिलाउनु भन्दा नमस्ते गरेको नै राम्रो। यसले हाम्रो कला र संस्कृति लाई पनि जोगाउँछ र हामीलाई पनि कीटाणु को संक्रमण बाट जोगाउँछ।नेपाल मा मात्र नभएर ऐले विदेशी मुलुकको मानिसहरूले पनि एक अर्कालाई नमस्ते भित्राउन थालेका छन्। यो हाम्रो लागि झन् गर्व को कुरा हो।

४. हामीले ऐलेसम्म बुझिसकेको छौ कि कोरोना को कीटाणु कमजोर शरीर हुनेहरूलाई बढी आक्रमण गर्ने गर्दछ।त्यसैले आफ्नो प्रतिरक्षा प्रणाली तागतिलो बनाउन सदैव फलफूल र तागतिलो तरकारी को सेवन गर्न पर्दछ। हामीले अब सकेसम्म बाहिर को चिल्लो, चाप्लो,पिरो,र हानिकारक खाने कुरा हरु लाई धेरै प्राथमिकता नदिएर घरकै खाने कुरा लाई बढी महत्व दिनुपर्छ।

५. कोरोना को कीटाणु ले श्वास प्रणाली लाई असर गरेर अक्सिजन को कमी भएर मानिसको मृत्यु हुने हो,त्येसैले चुरोट,रक्सी र अन्य सुर्तीजन्य पदार्थ हरु सकेसम्म सेवन नगर्नुहोला। आफूलाई तागतिलो बनाउनलाई बिहान अथवा साझा,समय अनुकुल पारेर एक्सरसाइज पनि गर्दा धेरै राम्रो हुनेछ। पानीको सेवन जती धेरै गर्यो,त्यति नै राम्रो भएको एक रिसर्च मा थाहा पाइएकोले आफ्नो क्षमता अनुसार पनि पनि छिन् – छिनमा खाइरहँदा बेस हुन्छ।

सायद यी कुराहरू को पालना गरे नेपाल मा वा अरु कुनै देशमा पनि कोरोना बिरामी को संख्यामा वृद्धि  हुँदैन् होला। जय नेपाल।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here